पोखरा /
पोखराको सराङकोटमा एक महिला मृत फेला परेकी छन् । मुत्यु हुनेमा ५५ वर्षीया मन्जु राई रहेकी छिन् ।
ओखलढुंगा जिल्ला वंखु गाउँपालिका -६ घर भई हाल पोखरा महानगरपालिका वडा नं (१८ सिम्ताल सराङकोटस्थित कृष्ण जीसीको कच्ची घरमा डेरा गरी बस्दै आएको घरभित्र सोमबार दिउँसो १२ स्१५ बजे मृत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार मन्जुका श्रीमान हस्त बहादुर राई सोही स्थान आसपासमा ज्यामीको काम गर्दै आएका छन्।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धन शुरु गरेको जनाएको छ ।