सुचना, समाचार र मनोरन्जन

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

काठमाडौँ/

गैरआवासीय नेपाली संघ एनआरएनएले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो।

‘युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन्। उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ। युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रुसले बिहीबार बिहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ। यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ।

‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ। त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौँ,’ एनआरएनएले भनेको छ।

कमेन्ट्स
Loading...