सुचना, समाचार र मनोरन्जन

माओवादी केन्द्र पोखराको अध्यक्षमा हरिनारायण गिरी चयन

पोखरा /

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको बिहीबार सम्पन्न पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ । बैठकले हरिनारायण गिरी विज्ञानलाई अध्यक्ष चुनेको छ।

भानुभक्त अधिकारी, पुष्प ढुंगाना र हर्कमान विक उपाध्यक्ष चयन भएका छन् । सचिव जनकराज पराजुली, सहसचिव विमला पहारी भएका छन् । कोषाध्यक्ष सूर्यप्रकाश तिवारी चुनिएका छन्।

केही समयअघि भएको माओवादी केन्द्र पोखरा महानगरपालिका सम्मेलनले १ सय सदस्यीय कमिटी चयन गरेको थियो । त्यसरी चुनिएको कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो।

कमेन्ट्स
Loading...