सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गरेका छन। बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००÷२२०÷१३२÷३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन गरेका हुन ।

सबस्टेशनको उद्घाटन गर्दै उनले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताए। अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सिर्जना भइसकेको बताए ।

Leave A Reply

Your email address will not be published.