सुचना, समाचार र मनोरन्जन

सर्वसाधारणका लागि खरिद गरेका बस संघसस्थालाई दिने मधेश सरकारको निर्णय

जनकपुरधाम/

मधेस सरकारले सर्वसाधारणका लागि खरिद गरेको पाँचवटा बस डेढ वर्ष बितेपछि नचलाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १र१ वटा बस दिने निर्णय गरेको छ ।

मधेस सरकारका तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन स्थापना सोचका साथ २०७७ सालको धनतेरसका दिन भ्याट सहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस खरिद गरेका थिए । तर मन्त्री फेरिएपछि योजना नै प्रभावित भएको हो ।

प्रदेश सरकारका प्रवक्ता मन्त्री साहले बस संचालन गर्दा खर्च निकै हुने, कर्मचारीहरुको व्यवस्था गर्नुपर्ने लागयत धेरै पुर्वाधारको विकास आवश्यक पर्ने भएकोले बसहरुलाई विभिन्न संघ संस्थाहरुलाई दिने निर्णय गरेको बताए ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने, युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

कमेन्ट्स
Loading...