पोखरा /
पोखरा महानगरपालिका कार्यालय अगाडीको जमिन भासिएको छ । बुधबार दिउँसो ३ बजे न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालयको माथिल्लो गेट अगाडी सडकमै भ्वाङ परेको हो ।
खाडल परेको ठाउँलाई धेरा लगाई सवारी साधन आउजाउको व्यवस्था मिलाइएको छ । यसअघि पनि पोखराको न्युरोडमा पटकपटक जमिन भासिदै आएको छ।
हेर्नुहोस् तस्बिरहरु :

तस्बिरहरु: आशिष पुरी / पुकार पुन