काठमाडौँ/
अस्ट्रेलियाको हिमालमा ६ वर्षसम्म हराएको एउटा भेडा शरीरमा ८८ पाउन्ड ९करिब ४० किलो० को ऊनसहित फेला परेको छ । भिक्टोरिया पशु आरक्षण एडगरको मिसनका मालिक पाम अहेर्नले हालसालै माउन्ट अलेक्ज्यान्डरमा पर्वतारोहीले भेडा फेला पारेको भनेर फोन आएको बताइन् ।
एलेक्स नाम दिइएको भेडालाई फेला पारेको ठाउँमै ठूलो सम्मान दिइएको थियो । यो भेडा एउटा पाठो भएको समयमा बारम्बार फार्मबाट फुत्कने गरेको थियो र कम्तीमा पनि ६ वर्षसम्म यसको शरीरको रौँ खौरिएको थिएन । ‘हामी भएठाउँ आउँदा उसको शरीरमा ४० किलो ऊजन थियो,’ अहेर्नले अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पसँगको कुराकानीमा भनिन्, ‘उसको शरीरमा पिसाब, लट्ठी अड्किएका थिए । जिउ भरी किरा थिए । यो दृश्य साह्रै पीडादायी थियो ।’
