सुचना, समाचार र मनोरन्जन

भ्रामक संदेश फैलाएको अभियोगमा तीनजना पक्राउ

पोखरा /                                                                        साङकेतिक तस्बिर

सरकारी सूचना प्रणालीमा अनाधिकृत रुपमा नियन्त्रणमा लिएर भ्रामक संदेश फैलाएको अभियोगमा प्रहरी प्रधान कार्यालयले पोखराका दुई किशोर सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१७ निवासी १७ वर्षीय र घारीपाटन निवासी १५ वर्षीय किशोर सहित ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका -९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन रहेका छन् ।

साइबर ब्युरोका अनुसार उनीहरुले लोकेसेवा आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेका हुन् । लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि विद्युतीय कारोवार एन को २०६३ वमोजिम कसूर गरेको अभियोगमा थप अनुसन्नधा शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...