सुचना, समाचार र मनोरन्जन

दक्षिण कोरिया जान १ लाख ४३ हजार बढिको आवेदन

काठमाडौँ/

रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिएका छन । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा एचआरडी कोरियाको खातामा जान्छ । त्यो पैसाले एचआरडी कोरियाले परीक्षा सञ्चालन गर्न खर्चिँदै आएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । प्रति अमेरिकी डलर बराबर १३३ रुपैयाँ हुँदा आवेदन दिएकाहरूबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको हो । यसमा २८ हजारभन्दा बढी यसअघि सीप विल्डिङका लागि आवेदन दिएर अनुउत्तीर्ण भएकाहरूले फाराम भर्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.