सुचना, समाचार र मनोरन्जन

‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानरसहित ८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमातर्फ जाँदै

एजेन्सी/
मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ । भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका बीबीसीले जनाएको छ ।

आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौताअघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन मेक्सिको सिटी भ्रमणमा जानुअघि यो ठूलो समूह सीमातर्फ अघि बढेको हो । उनीहरु ग्वाटेमालाको सीमा जोडिएको दक्षिणी मेक्सिकन सहर तापचुलामा जम्मा भएर आएका खबरमा उल्लेख छ ।

अधिकारीहरुका अनुसार सन् २०२२ र २०२३ दुवै आर्थिक वर्षमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न चाहने २० लाखभन्दा बढी आप्रवासी पक्राउ परेका छन् । सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै अमेरिकी सीमा सुरक्षा बल होमल्याण्ड सेक्युरिटी फोर्सेसले २ लाख आप्रवासीलाई पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.