सुचना, समाचार र मनोरन्जन

लोकतन्त्रमा स्थानिय तह : कस्तो वडा अध्यक्ष सफल हुन सक्छन् ?

आफुलाई चाहिने सामान्य भन्दा सामान्य सेवा सुविधा लिनका लागि वडावासी नागरिकहरु आशातित हुन्छन ।

बसन्त चालिसे /

लोकतन्त्रमा नागरिकको लागि सबैभन्दा नजिकको सरकार वा सिंहदरवार स्थानिय तह हो। यसैमा पनि सबैभन्दा सानो प्रत्यक्ष ईकाइ प्रत्यक वडा कार्यलय हुन्छन, त्यसै वडा कार्यलयहरुबाट प्रत्यक्ष रुपमा वडा बासीहरु प्रभावित हुन्छन । आफुलाई चाहिने सामान्य भन्दा सामान्य सेवा सुविधा लिनका लागि वडावासी नागरिकहरु आशातित हुन्छन । ठुलो आशा गर्ने ठाउँमा त उनीहरुको पहुँच नै पुगेको हुदैन यस्ता ठुला योजना भनेका माथिल्लो तहमा तय गरिने कुरा हुन ।

हाम्रा प्रतिनिधिमा इमान्दारीता होस,आफुले सहजै भेटघाट गरि आफ्ना गुनासा सामान्य आवस्यकताहरु परिपुर्ति हुन कुनै पनि प्रशासनिक कामका लागि घण्टौ कुर्नु,पर्खनु नपरोस, काममा ढिलासुस्ती नहोस भन्ने जस्ता चाहाना सबैले राखेका हुन्छन।

आफ्नो घर दैलोमा साँझ विहान ठोक्किने र भेला हुने जनप्रतिनिधि प्रति उ धेरै कुरामा आशातित रहेको हुन्छ । हाम्रा प्रतिनिधिमा इमान्दारीता होस,आफुले सहजै भेटघाट गरि आफ्ना गुनासा सामान्य आवस्यकताहरु परिपुर्ति हुन कुनै पनि प्रशासनिक कामका लागि घण्टौ कुर्नु,पर्खनु नपरोस, काममा ढिलासुस्ती नहोस भन्ने जस्ता चाहाना सबैले राखेका हुन्छन । यसका अलवा आफ्नो टोल, वडा विकास निर्माण कार्यले तिव्रता लियोस भन्ने इच्छा चाहाना राख्दछन ।

यस्ता विविध कुराहरु परिपुर्तिका लागि जनप्रतिनिधि सधैव चनाखो र सेवा भावनाबाट प्रेरित हुने खालका हुनु पर्दछ भन्ने टिप्पणीको यो मनसाय हो । वडाको प्रमुख वडा अध्यक्षबाट निर्वाचित अन्य वडासदस्यहरु लाई मिलाएर लैजान सक्ने क्षमता संकल्प सर्वप्रथम हुनु पर्दछ जसको लागि आत्मविश्वास सबैभन्दा ठुलो कुरा हो । पदिय उन्मादलाई जरैबाट फालिदिनु पर्दछ भने सदस्यहरुको भावनालाई समेत प्रोत्साहन दिनु पर्दछ भने सदस्यहरुको भावनालइ समेत प्रोत्साहन दिनु पर्दछ विकास जता भएपनि आफ्नै वडाभित्र हो भन्ने सम्झनु पर्दछ ।

जनतालाई शिरोधार्य गर्न सक्नु पर्दछ भने अर्कोतर्फ महानगर, नगरबाट पर्याप्तमात्रामा बजेट ल्याउँन हर प्रयास गर्नु पर्दछ आफ्नो वडाको विकासमा प्राथमिकीकरण गरि कार्य अगाडी बढाउनु वुद्धिमानी हुन्छ सकेसम्म विकास निमार्णका कार्यमा त्रैमासिक कार्ययोजना बनाई सोही अनुरुप चल्नु पर्दछ ।

आफु निर्वाचित भैसकेपछि म सबैको साझा मान्छे हु भन्ने भावना बाट अभिप्रेरित भइ कार्य अगाडी बढाउनु पर्दछ कसैप्रति पनि द्धेष,आग्रह र पुर्वाग्रहको भावना राख्नु हुदैँन भन्ने भावना राख्नु पर्दछ नै तर विकास निर्माण र सेवामा वञ्चित पनि देखिनु हुदैन अवका जनता धेरै बुझ्ने भएका छन मुल्याङ्कन गर्ने नै छन ।

हिजो गरेका बाचा कवुलहरु कदापी विर्सनु हुदैन । जनतालाई शिरोधार्य गर्न सक्नु पर्दछ भने अर्कोतर्फ महानगर, नगरबाट पर्याप्तमात्रामा बजेट ल्याउँन हर प्रयास गर्नु पर्दछ आफ्नो वडाको विकासमा प्राथमिकीकरण गरि कार्य अगाडी बढाउनु वुद्धिमानी हुन्छ सकेसम्म विकास निमार्णका कार्यमा त्रैमासिक कार्ययोजना बनाई सोही अनुरुप चल्नु पर्दछ । कार्य सम्पादन भैसकेपछि समिक्षा गर्न भुल्नु हुदैन जसवाट भावी कार्यक्रम संचालनका लागि रुपरेखा तयार गर्न र अगाडी बढ्न सहज सफलता मिल्दछ । जसका लागि तपसिलका कुराहरुमा ध्यान दिनु पर्दछ  :

१. सर्वप्रथम आफ्नो वडा क्षेत्रको आवस्यकताको पहिचान ।

२. वडाको सम्पुर्ण वायोडाटा लिनु पर्दछ । जस्तै शिक्षा, स्वास्थ, खानेपानी तथा जनसंख्याका विविध विवरण लिइ त्यसैअनुरुपको विकास कार्ययोजना तयार पार्नुपर्दछ ।

British college

३. महिलाहरुको लागि स्व. आर्जन गर्न सक्ने वातावरण र कार्यक्रम विज्ञबाट तयार गर्न लगाउने ।

४. युवा वर्गका लागि विदेश नजाने वातावरण सहज सृजना गर्दै उनीहरुको संचालन गरेको वा गर्न खोजेको पेशा व्यवसाय लाई हौसला दिदै सहजिकरण गर्दै सकेसम्म बहुसंख्यक मानिसले रोजगार प्राप्त गर्ने खालका योजना पेशा व्यवसाय संचालन गर्न वातावरण सृजना गर्नुपर्दछ ।

५. विकास निर्माण्का कार्य, प्रक्रियामा जनसहभागिता बढाउन प्रोत्साहन गर्नुपर्छ जसबाट नागरीकमा अपनत्व बढ्छ । यसले स्थानिय तह वडालाई अझ बढी सहभागिलाई प्रोत्साहन गरि सबै जनजाति, आदिवासी, दलित, अल्पसंख्यक लगायत समाजका सबै वर्गको सहभागितामा प्रोत्साहन गर्दछ भन्ने कुरा बिर्सनु हुदैन यसले स्थानिय तहमा वडामा शान्ति र न्याय सुव्यवस्था कायम गर्न सघाउँछ तर शासन संचालन गर्नमा भने यस्ता योग्यता भने हुनै पर्दछ । सुशासनले जुनसुकै स्थानिय तहको राजनिति र विकासमा इमान्दारिता, सदाचार, कर्तव्य निष्ठता सामाजिक मुल्य मान्यता प्रतिको समपर्ण जस्ता कुरामा जोड दिन्छ ।

६. आफ्नो वडाभित्रको बजेट र आम्दानीको श्रोतको पादर्शिता गर्नुपर्दछ ।

७. वडाभित्र रहेका विभिन्न पेशा, व्यवसायिक जस्तै पर्यटन, शिक्षा, स्वास्थ, रोजगार प्रदान गरेका सफल व्यवसायीहरुलाई प्रतिनिधि मुलक सल्लाहाकार छनौट गरी आवस्यकत अनुसार सल्लाह लिनु पर्दछ ।

८. स्वास्थ, सरसफाई, हरियाली, इत्यादी कार्यको लागि सम्वन्धित वर्गवाट सल्लाह लिदा राम्रो हुन्छ ।

९. कुशल जनप्रतिनिधि हुनका लागि सर्वप्रथम उसमा इच्छा शक्ति, चाहना, आँट, सकारात्मक सोच, धैर्यता, क्षमता, अनिवार्य हुनु पर्दछ भने अरुको धर्म, संस्कार आत्मा विचारको सम्मान गर्न सक्ने हुनुपर्दछ ।

१०. विभिन्न कार्यक्रमको दिनचर्या, समयप्रतिको ख्याल राख्ने कतै आफ्नो कारणले अरुलाई समय र कामको वर्वादी त भएको छैन? भन्ने हेक्का राख्नु पर्दछ ।

११. आफ्नो वडा र वडा कार्यलय भित्र काम गर्ने कर्मचारीको आचरण, सरसफाई सेवाग्राही संगको व्यवहार कस्तो छ ? भन्ने कुरालाई अत्यन्तै सुक्ष्म रुपमा बुझ्नु पर्दछ त्यसै अनुरुपको व्यवहार गरी परिवर्तन ल्याउन प्रेरणा दिनु पर्दछ । कर्मचारीलाई अरुको अगाडी राखेर कहिल्यै धम्काउने गर्नुहुदैन । राम्रो कामको लागि प्रोत्साहन, स्यावासि पुरस्कार सबैको अगाडी दिने र सुधारात्मक अवस्था छ भने उसलाई एक्लै राखेर सम्झाउने ।

१२. कार्यलयको प्रमुख वा कर्मचारीले ढोका बन्द गरेर बन्दकोठमा नबस्ने ।

१३. म मेरो वडालाई नमुना बनाउछु भन्ने नारा र भावनाप्रति सदैव चनाखो भै कार्य गर्नु पर्दछ किनकी सुशासनको अभावमा स्थानिय तहहरु निष्कृय हुने गर्दछन भन्ने कुरा बिर्सनु हुदैन ।

१४.आफ्नो सम्पुर्ण वडावासीको सुख दुखमा साथ दिने भावना हुनुपर्दछ ।

कमेन्ट्स
Loading...