सुचना, समाचार र मनोरन्जन

कर्णालीमा भागबन्डा मिलाउन गठबन्धन दल निर्णायक छलफलमा

सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णायक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । डोल्पालगायत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए । रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ ।

सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइँ गरेको अन्य सत्तारुढ दलको आरोप छ । आरोपकै बीचमा अहिले गठबन्धनको छलफल चलिरहेको छ । त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा गएका छन् ।

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा छन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटमा छन् । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा ९कार्चेन० हुम्लामा छन् । काँग्रेस नेताहरूले शुक्रबार बिहानसम्ममा आफ्नो दलभित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट काँग्रेस सभापति बेदराज सिंहले बताए । काँग्रेसका केन्द्रीय स्तरका नेताहरू जिल्ला, जिल्लामा खटिएका छन् ।

केन्द्रीय सर्कुलर अनुसार नै मतभारका साथै अन्य कुराहरू हेरेर छलफल सुरु भएको उनले बताए । प्रतिपक्ष दल नेकपा एमालेले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ । बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कँडेलले बताए । ३ वैशाखभित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतिको खाका पठाउनेछन् । जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनभित्र म्यान्डेट छ ।

कमेन्ट्स
Loading...