सुचना, समाचार र मनोरन्जन

स्थानीय निर्वाचनलाई लक्षित गर्दै काँग्रेस नेतृ सरस्वती गुरुङको “जय नेपाल” गीत सार्वजनिक

पोखरा/
नेपाली काँग्रेस नेतृ सरस्वती गुरुङको “जय नेपाल” गीत सार्वजनिक गरिएको छ । शुक्रबार युटुब मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गुरुङको शब्दमा गायक सन्तोष बस्याल र गायिका उषा गुरुङले स्वर दिएका छन् । गीतको संगीत कृष्णकुमार गुरुङले गरेका हुन् ।

आउँदो स्थानीय निर्वाचनलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा नेपाली काँग्रेसले संविधान जोगाएको विषयलाई उल्लेख गरिएको छ । लोकलयमा निर्माण भएको गीतबाट पार्टीको सबल प्रचार हुनेमा गीतकार गुरुङ आशावादी देखिन्छन् । उनका अनुसार स्थानीय निर्वाचनको संघारमा गीतसंगीतका माध्यम प्रचारप्रसारमा टेवा पुगोस् भन्ने उद्देश्यले गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

British college

संगीतकार कृष्ण कुमार गुरुङले गीत राम्रो बनेको प्रतिक्रिया दिएका छन् । सबैले मनसपटलमा बस्ने लय सिर्जना गरिएको तर्क उनको छ । चुनावमा नेपाली काँग्रेसको प्रचारप्रसारमा गीतले महत्वपूर्ण भूमिका खेल्नेमा उनी विश्वस्त छन् । पोखरामा संघर्षरत गायक तथा संचारकर्मी सन्तोष बस्याल र गायिका उषा गुरुङले आवाजमा उक्त गीत सार्वजनिक भएको जानकारी उनले दिएका छन् ।

गायक सन्तोष बस्यालले आफुले पहिलो पटक पार्टीको गीत गाएको बताए । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ कास्कीका सचिव एवम् गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाका स्वकीय सचिव ९प्रेस संयोजक० समेत रहेका बस्याल पनि उक्त गीत सार्वजनिकले पार्टीको प्रचारप्रसारमा फाइदा पुग्ने बताए । गायिका उषा गुरुङ पनि गीतको चर्चा राम्रै हुनेमा आशावादी छिन् ।

सार्वजनिक गीत पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरिएको हो । विनोद रसाइलीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोलाई चलचित्र निर्देशक तथा संगीतकार कृष्णकुमार गुरुङले नै तयार पारेका हुन् । म्युजिक भिडियोको सम्पादनमा नेत्र गुरुङको समेत साथ छ ।

कमेन्ट्स
Loading...