सुचना, समाचार र मनोरन्जन
kumdini

पोखराको मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता

कास्की/

पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उम्मेदवारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल र अर्का स्वतन्त्र उम्मेदवार विमल बहादुर कार्कीले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

British college

उनीहरु दुवै पोखरा १४ का बासिन्दा हुन् । उनीहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । गणेश पौडेलको समर्थक सरोज जीसी र प्रस्तावकमा अप्सरा अधिकारी छिन । त्यसैगरी विमलबहादुर कार्की प्रस्तावकमा फणिन्द्र कार्की र समर्थकमा खिमबहादुर घर्ती छन ।

त्यसैगरी पोखरा महानगरपालिका २६ को वडा अध्यक्षमा नारायणप्रसाद आचार्य, पोखरा ३ को वडा अध्यक्षका लागि महेष उदास र पोखरा ३० वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार गणेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगरको मेयर पदमा उम्मेदवारी दिएको बताए । पालिकामा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए ।

उम्मेदवारहरुको नाम टुङ्गो नलागेपछि ठूला राजनीतिक दलहरुले भने भोलि मात्रै उम्मेदवारी दर्ता गराउने भएका छन ।

कमेन्ट्स
Loading...