सुचना, समाचार र मनोरन्जन

‘ख्रीष्टमश महोत्सव – २०८०’ सम्पन्न

पोखरा /

ख्रीष्टमश महोत्सव – २०८० भव्य रूपमा सम्पन्न भएको छ । पोखरा, ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सवमा पोखराभरिका चर्चबाट ख्रीष्टीयनहरूको उपस्थिति रहेको थियो ।

महोत्सव आयोजकले आपसी सद्भाव र शुभकामना बाँड्न आयोजना गरिएको बताएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले शुभकामना मन्तव्य दिँदै सबै धर्मलाई सम्मान गर्नुपर्ने बताए । कसैले पनि अर्को धर्मलाई खलल पु¥याउन नहुने उनको भनाइ थियो । ‘आफ्नो धर्म मानिरहँदा कसैले अर्को धर्मलाई खलल पु¥याउनु हुँदैन । सबैले समान रूपले धर्म मान्न पाउनुपर्छ,’ उनले भने ।

अधिकारीले नेपाल सरकार र गण्डकी प्रदेश सरकारको तर्फबाट ख्रीष्टमशको शुभकामना दिएका थिए । यस्तै, नयाँ गाउँ चर्चका पास्टर ग्रीश्मकेशव पराजुलीले ख्रीष्टमश सन्देश बाचन गरेका थिए ।

पोखरेली ख्रीष्टीयन समुदायका महासचिव तथा महोत्सव संयोजक सञ्जिव थापा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कास्की ३ का प्रतिनिधि सभा सदस्य मानबहादुर गुरुङ, गण्डी प्रदेश सभा सदस्य भीम कार्की, नन्दकला नेपाली, राजकुमारी भुजेल, गणेशमान गुरुङको उपस्थिति थियो ।

गैह्र सरकारी महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा, नेपाल ख्रीष्टीयमन समाजका महासचिव डिल्लिराम पौडेल लगायत ख्रीष्टीयन समुदाय र शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.