सुचना, समाचार र मनोरन्जन

चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाईमा धेरै

काठमाडौँ/

British college

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन ।

गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ । यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ । चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्र भन्दा धेरै देखिन थालेका बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन ।

कमेन्ट्स
Loading...