सुचना, समाचार र मनोरन्जन

सिवाईसी लघुवित्तको आइपिओ बाँडफाँड, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

काठमाडौँ /

सिवाईसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज साधारण सेयरको बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल २२ लाख ५ हजार ६३३ ले आवेदन दिएका थिए। त्यसमा ३ हजार २७२ जान आवेदकको आवेदन रद्द भएको छ। बाँकी २२ लाख २ हजार ३६१ जना योग्य आवेदकमध्ये ३६ हजार ९४८ जनालाई १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। जसमा १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। भने, बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

कमेन्ट्स
Loading...