सुचना, समाचार र मनोरन्जन

नेकपा एस स्याङ्जाका सचिब र अनेरास्ववियुका केन्द्रीय उपमहासचिब सहित दर्जनौं युवाहरु एमालेमा प्रवेश

पोखरा/
नेकपा एस स्याङ्जाका सचिब एबम गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली, सोहि पार्टीका गण्डकी प्रदेश समिति सदस्य नेत्र बहादुर थापा सहित ने क पा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाई लगाएतका दर्जनौं युवाहरु ने क पा एमालेमा प्रवेश गरेका छन । यसरि प्रवेश गर्नेहरुमा ने क पा एस स्याङ्जाका सचिबालय सदस्य मनोज बराल , सोहि पार्टीका स्याङ्जा जिल्ला कमिटी सदस्यहरु मिलन सुबेदी र दिपक नेपाली ,एस निकट युबा संघका केन्द्रीय सदस्य बरुण चौधरी ,युबा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार , सचिब बुद्धिमान श्रेष्ठ , युबा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपालि लगाएत रहेका छन ।

उनीहरुलाई ने क पा एमालेका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्बी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सिता सुन्दास लगाएतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए । आधिखोला पोखरा सम्पर्क मंचद्वारा आयोजित स्वागत कार्यक्रममा उप महासचिब गुरुङले प्रतिक्रीयाबादिहरुको भ्रमको पर्दा बिस्तारै च्यादिदै गएको भन्दै निष्ठाबान कार्यकर्ताहरु देशैभरी एमालेमा फर्किने क्रम जारि भएको बताए । एमालेको नीति र बिचारमा कुनै खोट नभएको कुरा आम कार्यकर्ताहरुको घर फिर्ती हुने क्रमले पुष्टी हुदै गएको बताए । माधब नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नाभईको र बिचार्बिहीं पार्टी क्रमश दक्षिणपन्थी भासमा भासिदै गएको दाबि गरे ।उनले बिचार बिनाको भुत्ते पार्टीको कुनै अर्थै नहुने हुदा सम्पूर्ण एमाले प्रेमीहरुलाइ घर फर्कन आग्रह गरे ।

सो अबसरमा एमालेका केन्द्रीय सदस्य सदस्य सिता सुन्दास , एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु सुधिर कुमार पौडेल ,सोभियत ढकाल लगाएतले दर्जानौ युबाहरुलाई एमालेमा स्वागत गरेका थिए ।

कमेन्ट्स
Loading...