सुचना, समाचार र मनोरन्जन

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, १ अर्ब ३९ करोड रुपैयाँको कारोबार

काठमाडौँ/

British college

शेयर बजार आज सोमवार पनि बढेको छ । हिजो आइतवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव २७ अङ्कले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज होटल, विकास बैंक, जीवन बीमा र लगानी समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २२ कम्पनीका ३३ लाख २४ हजार कित्ता शेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सात करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेण्ट बैंकको शेयर सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

कमेन्ट्स
Loading...