दाङ/
नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई प्रहरीले निगरानीमा राखेको छ। पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङबाट सोधपुछको लागि निगरानीमा राखेको इलाका प्रहरी कार्यालय भालुबाङका सुजन विक्रम शाहले जानकारी दिए।
नेत्र विक्रम चन्द विप्लवले निर्वाचन रोजेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियानमा छन्।