सुचना, समाचार र मनोरन्जन

देशभर मतदान सकियो

काठमाडौँ/

स्थानीय तहको निर्वाचनका लागि शुक्रबार तोकिएको मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको समयमा अधिकांश मतदान केन्द्रहरुमा मतदान सकिएको हाम्रा जिल्ला संवाददाताहरुले जनाएका छन्।

British college

केही केन्द्रमा भने अझै पनि मतदान भइरहेको छ। बेलुका ५ बजेसम्म मतदानका लागि लाइनमा बस्न पुग्नेलाई आयोगले नसकिञ्जेल मतदानको समय उपलब्ध गराउनेछ। शुक्रबार करिब ३५ हजार जनप्रतिनिधि चयन गर्न २१ हजारभन्दा बढी केन्द्रमा मतदान भएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यसपटक ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आयोगले अनुमान गरेको छ। दिउँसो ४ बजेसम्मको प्रारम्भिक आँकडाअनुसार ५५ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले मतपेटिका संकलन भए लगत्तै मतगणना सुरु गर्ने जनाएको छ। मतपेटिका संकलन गर्न सहज हुने स्थानीय तहहरुमा बेलुका ८ बजेदेखि नै गणना सुरु हुने आयोगले जनाएको छ।

झडप वा अन्य कारणले छिटपुट रुपमा स्थगित भएका पालिकाका भने केही दिनभित्रै मतदान हुने गर्ने जनाएको छ।

कमेन्ट्स
Loading...