काठमाडौँ/

चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गरेका छन । त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत ल्याएकी छन । सुवेदी र दाहालबीच ४ मतको अन्तर रहेको छ ।
त्यसैगरी मेयर पदमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएका छन । त्यसैगरी उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ र एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नु भएकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन ।