काठमाडौँ/
पालिका चुनावमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।
एमाले
१. मुस्ताङको लोमान्थाङ गाउँपालिका
२. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
३. मनाङको ङिस्याङ गाउँपालिका
४. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
५. मनाङको चामे गाउँपालिका
६. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका निर्विरोध

नेपाली कांग्रेस
१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी
१. डोल्पाको काइके गाउँपालिका निर्विरोध
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका निर्विरोध
माओवादी
१. डोल्पाको जगदुल्लाह गाउँपालिका