सुचना, समाचार र मनोरन्जन

पपुलर मतमा सुनिता डंगोलले बालेनलाई उछिन्दै

काठमाडौँ/

British college

काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् । सहायक निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा भने ३५ मतमा सीमित बनेको छ ।

उता मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता कायम राखेका छन् । साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् भने काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।

कमेन्ट्स
Loading...