सुचना, समाचार र मनोरन्जन

भक्तपुरमा काँग्रेसले खोल्यो खाता

काठमाडौँ/

British college

भक्तपुर जिल्लामा पहिलो पटक नेपाली काँग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै काँग्रेसले खाता खोलेको हो ।

उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् । जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।

कमेन्ट्स
Loading...