दाङ /
घोराही उपमहानगरपालिकामा नेकपा(एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार ६८३६१मतगणना हुँदा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ३२३१२ मत ल्याएका छन् ।
चौधरीले गठबन्धनलाई ६१३०मतान्तरले अग्रता कायम गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा(डायमण्ड)ले २६१८२ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी हुमा डिसीले ३०६२४ मत ल्याएर अगाडि रहेकी छिन् । उनी गठबन्धनका भुपबहादुर डाँगी भन्दा ३५७ मतान्तरले अगाडि छिन् । गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले ३०२६५ मत ल्याएका छन् ।
