सुचना, समाचार र मनोरन्जन

बालेनको भन्दा सुनिताको मत धेरै ! स्थापितले मतान्तर घटाए

काठमाडौं /

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा फराकिलो अग्रता कायमै राखेका छन् । तर पछिल्लो समय एमालेका केशव स्थापितले मतान्तर केही घटाएका छन् ।

शनिबार दिउँसो १ बजेको अपडेटमा स्थापितसँग बालेनको अग्रता १५ हजार ५८३ को थियो । तर साढे ३ बजेको अपडेटसम्म स्थापितले यो मतान्तर घटाएर १५ हजार २६१ मा झारेका छन् । ९५ हजार १७७ मत गन्दा बालेनले ३४ हजार २६७ मत ल्याएका छन् । स्थापितले १९ हजार ६ र कांग्रेसकी सिर्जना सिंहले १८ हजार ६७६ मत ल्याएकी छिन् ।

मतगणना जारी रहँदा विगर १ हप्तादेखि उपमेयरमा अग्रता लिइरहेकी एमालेकी सुनिता डंगोल मत संख्यामा भने बालेनभन्दा पछि थिइन् । शनिबार भने उनको मत संख्या बालेनको भन्दा धेरै भएको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ३४ हजार ८४८ मत ल्याएकी छिन् । यहाँ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४९० मत ल्याएका छन् । डंगोलको अग्रता २३ हजारभन्दा माथि पुगिसकेको छ ।

कमेन्ट्स
Loading...