सुचना, समाचार र मनोरन्जन

बालेनको मत ३५ हजार माथि, मतान्तर १६ हजार नाघ्यो

काठमाडौं /

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेटअनुसार बालेनले ३५ हजार मत कटाएका छन्। ९६हजार ९४४ मत गन्दा बालेनले ३५ हजार ३७४ मत ल्याएका छन् । स्थापितले १९ हजार २४८ र कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छिन् ।

शनिबार साढे ३ बजेको अपडेटमा स्थापितसँग बालेनको अग्रता १५ हजार २६१ को थियो । तर साँझ ५ बजेको अपडेटसम्म बालेनले यो मतान्तर बढाएर १६ हजार १२६ मा पुर्‍याएका छन् ।

कमेन्ट्स
Loading...