सुचना, समाचार र मनोरन्जन
kumdini

विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा पुनः ट्रेडोस

काठमाडौँ/

British college

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको महानिर्देशकमा डा। ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित भएका छन। उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन ।

पहिलो पटक २०१७ मा निर्वाचित भएका गेब्रेयससलाई जेनेभामा भएको ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट फेरि अर्को कार्यकालका लागि निर्वाचित गरिएको हो । उक्त पदका लागि गेब्रेयसस एक्लो उम्मेदवार थिए । स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगष्टदेखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

कमेन्ट्स
Loading...