सुचना, समाचार र मनोरन्जन
kumdini

जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्क विहिन

काठमाडौँ/

पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।

British college

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

कमेन्ट्स
Loading...