सुचना, समाचार र मनोरन्जन
kumdini

काठमाडौँ महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

काठमाडौँ/

British college

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन, उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार भोलि शपथ ग्रहण गर्ने भएका छन ।

भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन ।

सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

कमेन्ट्स
Loading...