सुचना, समाचार र मनोरन्जन
kumdini

भ्रष्टाचारविरुद्ध कार्टुन ‘निसाना’ पोखरामा प्रदर्शनी { हेर्नुहोस् तस्बिरहरु }

पोखरा /

कार्टुनिस्ट क्लव अफ नेपाल (सिसिएन) को आयोजना तथा सेन्टर फर मिडिया रिसर्च नेपालको सहयोगमा पोखरा आर्ट ग्यालरीमा भ्रष्टाचारविरुद्धका कार्टुन प्रदर्शनीमा राखिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति साहित्यकार सरुभक्तले कार्टुन प्रदशनीको उद्घाटन गर्दै समाज रूपान्तरण र चेतना अभिवृद्धिमा वाङ्मयिक क्षेत्रको उल्लेख योगदान रहेको जनाए । सरुभक्तले साहित्य र ललितकला क्षेत्रका कलाकर्मीविच समन्वय र एकता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, क्लवका पूर्व अध्यक्ष अविन, गण्डकी प्रज्ञाप्रतिष्ठानका महासचिव मनकुमार श्रेष्ठ लयायतका वक्ताले भ्रष्टाचारविरुद्धको अभियानका लागि कार्टुन सशक्त माध्यम भएको बताए ।

भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले ३६ जना कार्टुनिस्टका ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी जेठ ३० गतेसम्म चल्ने छ । आइतबार ३ बजे वरिष्ठ कलाकार तथा कार्टुन सम्राट दुर्गा बराल वात्स्यायनको उपस्थितिमा भ्रष्टाचारविरुद्धका कार्टुन विषयमा अन्तरक्रिया आयोजना गरिएको जानकारी क्लवका उपाध्यक्ष देवेन्द्र थुम्केलीले दिए । क्लवका अध्यक्ष वासु क्षितिजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष देवेन्द्र थुम्केलीले गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु :

British college

सबै तस्बिरहरु : गोपाल दराई

कमेन्ट्स
Loading...