पोखरा/
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवंम राजयोग प्रशिक्षण केन्द्र, पोखरा शाखा पार्दीको परिसरमा डिभाईन पिस म्युजियम निमार्ण हुने भएको छ । म्युजियमको शनिवार शिलन्यास गरिएको हो ।
आध्यात्मिक ज्ञानको अभावमा पछिल्लो समय मानव मनस्थितीमा अशान्ति द्धन्द र कलहको स्थिती सृजना भएको भन्दै समाजमा आध्यात्मिक भावको जागरण गराउन र शान्ति स्थापनाको निम्ति सहयोग पुगोस भन्ने उदेश्यका साथ डिभाईन पिस म्युजियम निर्माण गर्न लागेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख राजयोगिनी अप्सराको भनाई छ ।
निर्माणको सु सम्पन्नको लागि शुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले डिभाईन पिस म्युजियम निर्माणले समाजमा शान्ति स्थापना र आध्यात्मिक ज्ञानमा वृद्धि गर्दै सभ्य समाज निर्माणमा मद्धत पुर्याउने विस्वास व्यक्त गरे ।
कार्यक्रममा ब्रह्माकमारी ईश्वरीय विश्व विद्यालय नेपालका सह निर्देशक राजयोगिनी ब्रह्माकुमारी कमला दिदी, उप निर्देशक,दुर्गा दिदीले म्युजियमको महत्त्ववारे स्पष्ट पारेका थिए भने ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव शेलैषराज बराल, सल्लाहकार राजयोगी दिपेन्द्र अधिकारी, शोभियत अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, समाजसेवी एवम राजनितिज्ञ विश्वप्रकाश लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।