सुचना, समाचार र मनोरन्जन

बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न एमाले सांसदको माग

काठमाडौँ/

प्रतिनिधिसभाका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन । जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ ।

उक्त प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।

कमेन्ट्स
Loading...