सुचना, समाचार र मनोरन्जन

शरीर स्वस्थ राख्न हिडनुपर्ने

हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक छ । शरीर स्वस्थ राख्नको लागि हिँड्नु अत्यन्तै फाइदाजनक छ । मधुमेह जस्तो घातक समस्या, कोलेस्ट्रोल, उच्चरक्तचाप लगायतका मुटुका खतरनाक समस्याहरुबाट बच्न वा त्यसको असर कम गर्नको लागि पनि चिकित्सकहरुले दिने सल्लाहहरुमध्येको प्रमुख सल्लाह नै दैनिक हिँड्नु पनि पर्छ ।

हिडाईबाट हुने फाईदाहरु

१ देखि ५ मिनेटभित्र

हामीले हिँडेका पहिला केही पाइलाहरुले हाम्रा कोषहरुमा शक्ति पैदा गर्ने रसायनहरु निष्काशित गरिदिन्छ, जसले हाम्रो हिँडाइलाई इन्धन प्रदान गर्छ । हिँड्न थालेपछि हाम्रो मुटुको चाल बढेर आउँछ, त्यो घड्कन प्रतिमिनेट ७० देखि १०० सम्म पुग्न सक्छ । त्यसले शरीरमा रगतको प्रवाह बढेर जान्छ, मांसपेशीहरु तात्तिएर आउँछ ।

शरीरका मांसपेशी एवं हड्डीका जोर्नीहरुको कडापन खुकुलो भएर आउँछ, हिँड्न सजिलो बनाउनको लागि जोर्नीहरुमा चिप्लो तरल पदार्थ निस्कन्छ । हिँड्दै गर्दा प्रतिमिनेट ५ क्यालोरीको दरले शरीरबाट उर्जा खर्च हुन थाल्छ। सामान्यतः हामीले आराम गरेको अवस्थामा त्यो १ क्यालोरी मात्रै हुने गर्छ । शरीरलाई अझ बढी उर्जा चाहिन थाल्छ । फलतः त्यसले शरीरमा जम्मा भएर रहेका कार्बोहाइड्रेट तथा बोसोहरु खर्च हुन थाल्छ ।

६ देखि १० मिनेटभित्र

PCCi MELa

हाम्रो मुटुको धड्कन झनै बढेर आउँछ र प्रत्येक मिनेट ६ क्यालेरीको दरले उर्जा खर्च हुन थाल्छ । यो चरणमा रक्तचाप पनि केही बढेर आउँछ । रक्तनलीहरु फुलिएर आएँछ, जसले गर्दा क्रियाशील मांसपेशीहरुमा अझै बढी रगत र अक्सिजन आउने गर्छ ।

११ देखि २० मिनेटमा

हाम्रो शरीरको तापक्रम बढ्न जारी रहन्छ । शरीरको तातो निस्कासन गर्नको लागि पसिना निस्कने थाल्छ र छाला नजिकका रक्तनलीहरु पनि फैलन्छन् । हिँडाइ तेज हुँदैजाँदा हाम्रो शरीरमा प्रतिमिनेट ७ को दरले क्यालोरी खर्च हुन थाल्छ, स्वास तीब्र गतिमा फेर्न थालिन्छ । मांसपेशीहरुमा उर्जा पुर्याउनका लागि एपाइनेफ्रिन र ग्लुकागोन जस्ता हर्मोनहरु बढ्न थाल्छ ।

२१ देखि ४५ मिनेटमा

तागत र स्फूर्ति प्राप्त भएको महसुस हुन्छ । शरीरको तनाव हटेर आरामको अनुभूति हुन थाल्छ । यसो हुनुको कारण चाहिँ हाम्रो मस्तिष्कले निकाल्ने इन्डोरफिन रसायन हो, जसले हामीलाई रमाइलो अनुभूत गराउँछ । शरीरको बोसोहरु खपत भएको कारण शरीरमा इन्सुलिनको मात्रा पनि घटेर जान्छ । यो बढी तौल वा डाइबिटिज हुनेहरुको लागि निश्चय पनि खुसीको कुरा हो ।

४६ देखि ६० मिनेटमा

हाम्रो शरीरको कार्बोहाइड्रेड खपत भएको कारण मांसपेशीहरु थाक्न थाल्छ । हामी आराम गर्न थालेपछि हाम्रो मुटुको धड्कन पनि विस्तारै घटेर आउँछ र श्वासप्रश्वास पनि नियन्त्रित भएर आउँछ । हाम्रो क्यालोरी खपत हुने प्रक्रिया केही सुस्त भएर आउँछ तर त्यो हिँड्नु शुरु गरेभन्दाको पहिलेको अवस्थाभन्दा चाहिँ बढी नै हुन्छ । सामान्यभन्दा बढी मात्रामा शरीरको क्यालोरी खपत हुने प्रक्रिया आगामी १ घण्टासम्म जारी रहन्छ ।

यी माथिका कुराहरुले के देखाउँछ भने दिनको एक घण्टा हिँड्नु हाम्रो शरीरको लागि अत्यन्तै लाभदायक छ ।

कमेन्ट्स
Loading...