सुचना, समाचार र मनोरन्जन

मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य

काठमाडौँ/

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

आज गुरुङ समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘तमु ल्होसार–२०८०’ को अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नमा योगदान पु¥याएको बताएका हुन् । यस्ता पर्वले नेपालभित्र र नेपालबाहिर समेत नेपालीको मौलिक पहिचान तथा संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष तिमिल्सिनाको बुझाई छ ।

उनले भनेका छन्, ‘यी र यस्ता अन्य पर्वहरूले नेपालको विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस्ता अमूल्य निधिहरूलाई नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा उपयोग गर्नु आजको आवश्यकता हो। मुलुकभित्र रहेका यस्ता विविधता हाम्रो विकास र समृद्धिका लागि अवसर पनि हुन्। तसर्थ, मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

Leave A Reply

Your email address will not be published.