सुचना, समाचार र मनोरन्जन

‘एसपिपीमा तलमाथि हुँदैन खारेज हुन्छ’: प्रचण्ड

काठमाडौँ/

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० खारेज हुने बताएका छन्। उनले आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै यो कार्यक्रममा एमसिसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन्। उनले भने, ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ।’

एमसिसी र एसपिपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लागाएका छन्। अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए। उनले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ।’

पार्टीका एकरदुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए।

कमेन्ट्स
Loading...