सुचना, समाचार र मनोरन्जन
kumdini

कास्कीको रुपाताल आसपासको वर्षाको लाइभ डाटा मोबाइलमै हेर्न सकिने

पोखरा /

कास्कीको रुपाताल र आसपासको मौसम सम्बन्धी ताजा जानकारी हेर्न मिल्ने गरी वेबसाइट तयार गरिएको छ।

रुपाताल संरक्षण एकीकृत बिकास परियोजनाले सो क्षेत्रमा कति पानी पर्‍यो भन्ने कुराको जानकारी दिने गरी सिस्टम तयार पारेको हो।

British college

उक्त क्षेत्रमा कति पानी पर्‍यो भनेर मापन गर्न स्वचालित पानी नाप्ने मेशिन जडान गरिएको र उक्त मेसिनले मापन गरेको हरेक दश मिनेटको डाटा कार्यालयको वेबसाइटमा प्रकाशित हुने परियोजनाका कार्यालय प्रमुख विदुर श्रेष्ठले जानकारी दिए।

तालमा बर्सेनि कति पानी पर्दछ र यसले जलाशयमा कस्तो असर गर्दछ भनेर अध्ययन गर्न उक्त स्वचालित पानी नाप्ने मेशिन राखिएको र यो रुपाताल अवलोकन गर्न आउने पर्यटकसहित सर्वसाधारणलाई समेत उपयोगी हुने कार्यालय प्रमुख श्रेष्ठले बताए।

कार्यालयले अहिले रुपातालमा ६ मिटर अग्लो बाँध बाँधेर तालको क्षेत्रफल बढाउने गरी निर्माणको काम गरिरहेको छ । उक्त स्वचालित पानी नाप्ने मेसिनको जडान तथा आइटी सम्बन्धी कार्य इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालि ललितपुरले गरेको हो।

कार्यालयले आफ्नो वेबसाइटमा राखेको डाटा यो लिंक मार्फत हेर्न सकिनेछ । https://rcidp.gov.np/

कमेन्ट्स
Loading...