सुचना, समाचार र मनोरन्जन

उत्साहमा असीमित शक्ति छिपेको हुन्छ

काठमाडौँ/

१, जीवनमा धैर्यभन्दा ठूलो शक्ति अर्को छैन, हुँदैन । यदि मनमा धैर्य छ भने जस्तोसुकै काम गर्न पनि गाह्रो पर्दैन तर धैर्य छैन भने केही पनि गर्न सकिन्न । हरेक इच्छा समुद्रका तरङ्ग जस्तै उठ्दै बिलाउँदै गर्छन् । बेन्जामिन फ्र्याङ्कलिन

 

२, सन्तोष नै ठूलो सम्पत्ति हो । जसले सन्तुष्ट हुन सिकेको छ वा जानेको छ त्योभन्दा धनी अर्को हुँदैन, भलै उसको साथमा सम्पत्ति नहोस् । असन्तुष्ट व्यक्तिका लागि त संसारभरीकै सम्पत्तिले पनि केही गर्न सक्दैन । सुकरात

 

३, शत्रुताले शत्रुलाई पराजित गर्न सकिन्न । यदि उसलाई पराजित गर्ने हो भने प्रेमको बाटोमा जानैपर्छ । गौतम बुद्ध

 

४, जो व्यक्ति जुन बाटोमा लागेको छ उसको समापन पनि त्यहीँ हुन पुगिरहेको हुन्छ । प्रकृतिको नियम नै यस्तो छ कि जो जहाँबाट उठेको छ त्यहीँ लड्ने गर्छ । वेदव्यास

 

५, प्रायः मानिस त्यसबारे बढी जान्न उत्सुक हुन्छ, जसमा उसको लिनुदिनु केही हुँदैन । अरूले गरेको काममा यो भएन, त्यो भएन भन्न त सजिलै हुन्छ तर के भएन भन्न भने गाह्रो पर्छ । जर्ज बनार्ड शा

 

६, मूर्ति पूजा गर्नु नराम्रो होइन गर्दा हुन्छ तर पूजाको आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन । अन्यथा देखावटीमा सीमित हुन पुगिरहेको हुन्छ । सत्यसाई बाबा

 

७, आफूले आफैँलाई नखोज्नु भनेको अरूले देखाएको बाटोमा हिँड्नु हो, जसले आफैँलाई चिनेका हुँदैनन् । यदि संसारलाई आफू अनुकुल बनाउने हो भने आफ्नो बाटो आफैँले खोज्नुपर्छ, बनाउनुपर्छ । ओशो

 

८, भोलि गर्छु भनेको काम आजै गर्नुपर्छ । आज गर्छु भनेको काम अहिले नै गर्नुपर्छ । के थाहा त्यस्तो भोलि र भरे आउँछ कि आउन्न पनि । त्यसैले जसमा भोलि भन्ने वानी छ ठाने हुन्छ ऊ केही पनि गर्न चाहिरहेको छैन । अल्बर्ट

आइन्स्टाइन

९, प्रेम विनाको जीवन सूर्यको अनुपस्थितिमा मुर्झाएको फूलको बोट जस्तै हो, जो सदा खोक्रो र निरस देखिन्छ । ओस्कर वाइल्ड

 

१०, उत्साहमा असीमित शक्ति हुन्छ । त्यसैले यस्ता व्यक्तिका लागि कुनै पनि कुरा असम्भव हुँदैन । सन्त तुलसीदास

 

११, शब्द र अन्न दुवै ब्रह्म हुन्, यिनको दुरुपयोग गर्नुहुँदैन । अन्यथा घोर विपत्ति निम्तिन सक्छ । उपनिषद् दर्शन

 

कमेन्ट्स
Loading...