सुचना, समाचार र मनोरन्जन

समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढ्दो छ : मन्त्री थापा

पोखरा /

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताएका छन्। पत्रकार महासंघ गण्डकीले मंगलबारबाट आयोजना गरेको ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले यस्तो बताएका हुन्।

“समाज रुपान्तरणमा फोटा पत्रकारिकताको महत्व बढ्दो छ । फोटोका माध्यम समाजका घटनाक्रमलाई छर्लङ्ग बुझ्न मदत पुग्छ ।”, उनले भने। मन्त्री थापाले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा मन्त्रालय सकरात्मक रहेको बताएका छन्। उनले मन्त्रालय कै सहयोगमा अहिले विविध तालिमहरु भइरहेको जानकारी गराए। तालिमले पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेविश्वास उनको छ।

मन्त्री थापाले चालु आर्थिक वर्षमा पत्रकारका लागि विनियोजन गरिएका बजेटलाई कार्यान्व्यन गर्न केही प्राविधिक समस्या देखिएता पनि आगामी वर्ष त्यस्ता समस्याको समाधान हुने गरी बजेट विनियोजन गरिएको बताए।

“चालु आर्थिक वर्षको बजेट कसरी आयो यहाँहरु सबै जानकार हुनुहुन्छ नै । चालु आर्थिक वर्षमा पत्रकारका लागि विनियोजन गरिएका बजेटलाई कार्यन्वयन गर्ने सवालमा केही समस्याहरु अवश्य आएका छन्। आगामी आर्थिक वर्षमा यस्ता समस्याको समाधान हुने गरी बजेट विनियोजन गरिएको छ ।”, उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र सरिता तिमिल्सिना पगेनीले पत्रकारितामा फोटो पहिलो माध्यम भएको बताए । पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुबेदीले पाँच दिने फोटो पत्रकारिता तालिम पोखराको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप आयोजना गरिएको बताए। उनले पाँच दिने फोटो पत्रकारिता तालिमबाट लाभ हुने गरी उपस्थिति जनाउन सहभागीलाई अनुरोध गरे।

गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा आयोजित फोटो पत्रकारिता तालिमको प्रशिक्षकको रुपमा लामो समय देखि फोटो पत्रकारिता गर्दै आएका प्रदीपराज वन्त र राम गुरुङ रहने कार्यक्रम संयोजक राधिका कँडेलले जानकारी गराईन।

कमेन्ट्स
Loading...