सुचना, समाचार र मनोरन्जन
kumdini

ओलीले नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाई आजदेखि

काठमाडौँ/

British college

अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई आजदेखि संवैधानिक इजलासमा सुरू हुँदैछ। संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाई बिनै केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाई आजदेखि अन्तरिम इजलासमा सुरू हुन लागेको हो।

रिटको सुनुवाईका लागि कामु प्रधानन्यायाधी दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन्। ओलीले अध्यादेशमार्फत २०७७/१०/२१ गते ३२ जना र २०७८/३/१० नियुक्त गरेका २० जना गरी कूल ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।

कमेन्ट्स
Loading...