सुचना, समाचार र मनोरन्जन
kumdini

पोखरा महानगरको खेलकुद निति : खुला व्ययामशाला, क्रिकेट र गल्फ कोर्ष सम्म

पोखरा /

पोखरा महानगरले पोखरा महानगरलाई खेलकुद शहरको रुपमा स्थापित गर्न खुला व्ययामशाला निर्माण कार्य लाई जारी राख्ने संगै व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको सम्भव्यता अध्ययन गर्ने जनाएको छ ।

British college

पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले ११ औं नगर सभामा आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् । प्रस्तुत निति तथा कार्यक्रममा भनिएको छ–“स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुला व्यायामशाला’’ अवधारणा अन्तर्गत चालु वर्षमा केही स्थानहरुमा खुला व्यायामशाला निर्माण भएको र आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रम अन्तर्गत एक टोल एक खुला क्षेत्र एक व्यायामशाला निर्माण कार्यक्रम क्रमशः कार्यान्वयन गरिनेछ ।”

पोखरा प्राकृतिक हिसावले र वातावरणीय हिसावले पनि सन्तुलनमा रहेको शहर भएकोले पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्न आवश्यक कार्यक्रम अगाडी बढाइने संगै क्रिकेट र गल्फ जस्ता ठूला खेलहरुको माध्यमवाट समग्र पोखराको विकासको सहयोग पु¥याउन व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको संभाव्यता अध्ययन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसै गरी महानगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाई खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लगिने तथा पोखरालाई खेल शहरका रुपमा विकास गर्न निर्मित संरचनाको आधुनिकीकरण र थप पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिने जनाइएको छ । विद्यालय खेलमैदान कार्यक्रमलाई निरन्तरता दिंदै महानगर स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रमलाई निति तथा कार्यक्रममा अघि बढाइएको छ ।

त्यसै गरी खेलकुदलाई प्राथमिकतासाथ अगाडी बढाउन र खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिको प्राप्ति सुनिश्चित गर्न आगामी वर्ष कम्तीमा चार वटा खेलका उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गरिने महानगर प्रमुख आचार्यले प्रस्तुत गरेको निति तथा कार्यक्रममा जनाइएको छ ।

कमेन्ट्स
Loading...