सुचना, समाचार र मनोरन्जन
kumdini

लेबनानका राष्ट्रपतिद्वारा नेपाली शान्ति सेनाको प्रशंसा

काठमाडौँ/

प्रधानसेनापति प्रभुराम शर्मा र लेबनानका राष्ट्रपति मिचेल अउनबीच भेटवार्ता भएको छ । लेबनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच आज भेटवार्ता भएको हो ।

British college

भेटमा लेबनानका राष्ट्रपति अउनले नेपाली शान्ति सेनाहरूको योगदान, विशेषगरी लेबनानमा शान्ति स्थापनाका लागि ३१ नेपाली शान्ति सेनाले गरेको योगदानको प्रशंसा गरे । साथै उनले स्थानीय समुदाय र नेपाली शान्ति सेनाबीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सेनाले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका थिए ।

भेटमा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेबनानका राष्ट्रपति तथा लेबनानी जनतालाई पठाउनुभएको सद्‍भावना सन्देश जानकारी गराएका थिए । लेबनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरे ।

गएको असार ०४ गतेदेखि लेबनानको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मा आज नै भ्रमण दलसहित सिरिया प्रस्थान गरेका छन।

कमेन्ट्स
Loading...