सुचना, समाचार र मनोरन्जन
kumdini

वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

काठमाडौँ/

British college

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज बिहीवार ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

निगमको अप्रेशन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका छन । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासित गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै उनी निलम्बनमा परेका छन ।

कोभिड १९ को महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङ्क्तिमा रहेका थिए ।

कमेन्ट्स
Loading...