सुचना, समाचार र मनोरन्जन
kumdini

दलहरु लैङ्गिक मैत्री भएनन: प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ/

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूले महिला उम्मेदवारलाई न्याय गर्ने गरेको बताएका छन । दलहरुले उम्मेदवार बनाउँदा महिला उम्मेदवारलाई उपेक्षा गरे पनि मतदाता लैङ्गिक मैत्री भएकोले नै तुलनात्मक रुपमा महिला उम्मेदवार धेरै विजयी भएको बताए ।

British college

महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्थानीय तह निर्वाचन एन १७ (७) ले ५० प्रतिशत महिलाको कुरा गरे पनि प्रमुख र उपप्रमुखमध्ये १ पदमा मात्रै उम्मेदवारी दिँदा महिला वा पुरुष जो भए पनि हुने व्यवस्था भएकोले महिलाको सहभागिता घट्न पुगेको बताए ।

अब निर्वाचन आयोगले कुनै एक पदमा मात्रै उम्मेदवारी दिँदा महिलालाई मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था गर्ने उनको भनाइ छ । महिला, दलित र अल्पसन्ख्यकबाट उम्मेदवार दर्ता हुदा ५० प्रतिशत छुट दिए पनि महिला सहभागिता बढ्न नसकेको उनले बताए ।

मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरि आयोगले आन्तरिक तयारी गरेको उनको भनाइ थियो । कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी सुनिश्चित गर्न दलहरूलाई उनले आग्रह पनि गरे ।

कमेन्ट्स
Loading...