पोखरा/
पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसर १२ जेनेरेशन ACER 12th Generation_ पोखराको बजारमा पाइने भएको छ ।
एसर व्राण्डको यो ल्यापटप पहिलो पटक पोखराको बजारमा आएको हिमालय कम्प्पुयुटरका प्रवन्ध निर्देशक जगन बहादुर गुरुङले जनाएका हुन् । उनले भने–“यो अहिले सम्मकै उच्चस्तरिय प्रविधियुक्त ल्यापटप हो । एसर ब्राण्डको ल्याटप पहिलो पटक पोखरा आएको छ ।” बदलिंदो प्रविधि संगै नयाँ पुस्ताका लागि लक्षित यो ल्यापटप निकै उत्कृष्ट रहेको गुरुङको भनाई छ ।
फोर जिवी ¥याम, २५६ जिवी एसएसडी स्टोरेज, विन्डोज ११ सहितको यो ल्यापटप अन्यको तुलनामा चलाउन छिटो र सहज छ । यो ल्यापटप नेपालमा आउने वित्तिकै पोखरामा यसको माग बढेको भए पनि यहाँ पाउन त्यती सहज भने नभएको उनले बताए ।
“बजारको बढ्दो माग संगै हिमालयन कम्प्युटरले यसलाई पोखराको बजारमा ल्याएका छौं”, उनले भने–“नयाँ पुस्ता लक्षित यो ल्यापटपले पक्कै पनि ग्राहकहरुलाई सन्तुष्टि दिने छ भने 12th Gegenration I-5 / I-7 पनि बजारमा आउने छ, आहिले I-3 मात्रै बजारमा उपलव्ध छ ।”
बजारमा यसको मुल्य करिव ६५ हजार रहेको प्रवन्ध निर्देशक गुरुङको भनाई छ ।
