सुचना, समाचार र मनोरन्जन

पुस मसान्तभित्र कर बुझाउँदा १० प्रतिशत छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट

काठमाडौँ/

काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ ।

यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.