सुचना, समाचार र मनोरन्जन

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन (तस्बिरहरू)

युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा

काठमाडौं /

प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरूको भनाइ छ।

अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग युवा संघको छ। यसअघि नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो।प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् तस्बिरहरु :

 

कमेन्ट्स
Loading...