आज साउन महिनाको पहिलो सोमबार। बिहानैदेखि पोखराको केदारेश्वरसहित शिवालय मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।
साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज केदारेश्वर लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो। शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
यस्तै बोलबममा खाली खुट्टा हिडेर पोखराको गाईघाटबाट पवित्र जल केदारेश्वरमा ल्याएर चढाउने गरिन्छ। साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन्।
हेर्नुहोस् परिचय तस्बिर :

तस्बिरहरु : राकेश गुरुङ, परिचय