सुचना, समाचार र मनोरन्जन

पोखराको साहित्यिक कार्यक्रममा मेयर (र्‍यापर) बालेन शाह

पोखरा/

श्रावण १२ गते देखि १४ गतेसम्म पोखराको सभागृहमा पोखरमा सम्पन कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम २०७९ मा र्‍यापर तथा काठमाडौँ महानगरपालिका का मेयर बालेन शाहलाई सम्मान गरीएको छ ।

१३ र १४ गते पोखरामा आयोजना गरीएको देशभरका महानगरपालिका प्रमुखहरुको भेलामा सहभागि हुन पोखरा आएका शाहलाई आयोजकले स्रष्टा तथा सर्जकका रुपमा सम्मान गरेको हो । उनले करिव आधा घण्टा सांस्कृतिक कार्यक्रमको अवलोकन गरेका थिए ।

काठमाडौँ महानगरपालिकामा लोकप्रीय मत ल्याएर एकाएक मेयर बनेका बालेन देशभर चर्चा र चासोको विषय बनेका छन । र्‍यापर र ईन्जिनियर समेत रहेका उनी काठमाडौँ महानगर र देशभरीका आशलाग्दा युवा हुन ।

फोटो फिचर:

कमेन्ट्स
Loading...